Like us!
Follow us!
Connect us!
Watch us!

जग्गा खरिदमा अनियमिता गर्नेलाई कारबाही गर्नुस्– जनमोर्चा

शनिबार, २८ साउन २०७४, ११ : १४ मा प्रकाशित

जग्गा खरिदमा अनियमिता गर्नेलाई कारबाही गर्नुस्– जनमोर्चा

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय जनमोर्चा नेपालले नेपाल आयल निगमको पछिल्लो जग्गा खरिदमा भएको घोटाला सम्बन्धमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ ।

आपूर्ति मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष साध्यबहादुर भण्डारीले निगमले पेट्रोलियम पदार्थको भण्डार गर्ने नाममा झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा सरकारी ढुकुटीको व्यापक हिनामिना गरेको बताउनुभयो ।

ज्ञापनपत्रमा भनिएको छ– “सार्वजनिक लेखा समितिले छानबिन गरी व्यापक अनियमितता भएको ठहरसहित कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको अवस्थामा मन्त्रालय मूकदर्शक भएर बस्नु भनेको गैरजिम्मेवारी हो ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको