Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भोलिको कारोबार निकै महत्वपूर्ण रहने

बसन्त पाण्डे

मंगलबार, २८ भदौ २०७९, १७ : ५१ मा प्रकाशित

सेयर बजारमा भोलिको कारोबार निकै महत्वपूर्ण रहने

सेयर बजारमा भोलिको कारोबार निकै महत्वपूर्ण रहने देखिएको छ। आज मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर बन्द भएको छ। एक सातादेखि लगातार घटेको बजारमा मंगलबार केहि चमक देखिएको हो। आज बजार बढेर १९४० को बिन्दुसम्म पुगेको थियो।  खुलेदेखि नै बढ्न थालेको बजार १९३४ को बिन्दुमा क्लोज भएको भएको हो।

कस्तो रह्यो आजको बजार 

भोलुम 

आईतबार र सोमबारको तुलनामा आज मंगलबार कारोबार रकममा केहि सुधार आएको छ। आज ९२ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजार बढ्दा कारोबार रकममा सुधार आउनुलाई प्राविधिक विश्लेषणमा सकारात्मक रुपमा लिईन्छ। 

आरएसआई

नेप्सेको डेली चार्टमा आरएसआई ३४ को लेभलमा पुगेको छ। हिजो २६ को स्केलमा रहेको आरएसआई ३४ को लेभलमा पुग्नुलाई अर्थपूर्ण रुपमा लिईएको छ। आरएसआई ओभरसोल्ड जोनबाट फर्किएको छ। आरएसआई ४० भन्दा माथितिर लागेमा बजार बलियो हुँदै जानेछ।  

रेसिस्टेन्स बिन्दुमा ठोक्किएर खस्यो बजार 

आज बजार बढ्ने क्रममा १९४० को बिन्दुसम्म पुगेको थियो। भोलि यदि बजार बढेर १९४० भन्दा माथि क्लोज हुन्छ भने बजार बढेर जाने सम्भावना रहन्छ। नेप्सेले १९४० को बिन्दु ब्रेक गर्न सक्यो भने  २२२४ को बिन्दुबाट खस्दा बनेको डाउन ट्रेन्ड ब्रेक हुनेछ। त्यस्तै १९४० को बिन्दु ब्रेक हुँदा कारोबार रकममा समेत वृद्धि भयो भने लगानीकर्ताहरुमा कन्फ़िडेन्स आउनेछ।  

फ़लिङ्ग वेज चार्ट प्याटर्न 

बजार २२२४ को बिन्दुबाट खसेर तल आउँदा फ़लिङ्ग वेज प्याटर्न बनेको छ। राम्रो भोलुम सहित नेप्से परिसूचक १९४० भन्दा माथितिर लाग्न थालेमा फ़लिङ्ग वेज प्याटर्नको ब्रेक आउट हुनेछ। फ़लिङ्ग वेज प्याटर्नलाई बुलिश रिभर्सल प्याटर्नको रुपमा लिईने गरिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको