Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, १४ : ५६ मा प्रकाशित

ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ । 

मंगलबार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ । 

ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरु मार्फत १० हजार बढी विद्यार्थीलाइ स्किल बिकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा  काम गरिसकेको छ । कम्पनी आइएसओ ९००१:२०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनीको रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका बिद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको छ । ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनल मार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु सञ्चालन गरिरहेको छ । कम्पनीले विद्यार्थीसँगै सरकारी तथा निजी कर्मचारीहरुको लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको छ । 

सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ । 

लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना विशिष्ट सल्लाहकारहरु रहेका छन् । यस वर्ष साउथ एसिया बाहेक अन्य ११ विधामा ४०० बढीको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ । 

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ ९२३ डिसेम्बर, २०२२० गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको