Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

आइतबार, २९ साउन २०७४, १२ : २० मा प्रकाशित

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

अर्थ संसार, काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो क्षतिबारे छलफल गर्न आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

काँग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशका अधिकांश स्थानमा आएको बाढी र पहिराका कारण जनधनको क्षति भएकाले पीडितको उद्धार र आवश्यक राहतको प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

पूजा दाहाल न्यौपानेको उज्यालो यात्रा : बन्दैछ ७५ मेगावाटको त्रिशुली गल्छी आयोजना

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको