Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १८ : ०१ मा प्रकाशित

सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ । 

साउन महिनामा संघीय सरकारको कुल राजस्व ७९ अर्ब ७२ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७० अर्ब ६४ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ९ अर्ब ८ करोड परिचालन भएको छ । 

२०७९ साउन मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब ९४ अर्ब २५ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको