Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने सानिमा बैंकको सञ्चालकका सेवा सुविधामा करोडौँ खर्च

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, १३ : १० मा प्रकाशित

सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने सानिमा बैंकको सञ्चालकका सेवा सुविधामा करोडौँ खर्च

सानिमा बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा हिजाे (पौष ३ गते, आईतबार) सम्पन्न भएको थियो। 

आम्रपाली बैक्ङ्क्वेट, बालुवाटारमा सम्पन्न साधारण सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८% लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। 

लगानीकर्ताहरूलाई अपेक्षा गरे अनुरूप लाभांश वितरण नगरेको बैंकले सञ्चालकको खर्च भने बढाएको छ । गत वर्षकाे भन्दा बैंककाे सञ्चालन खर्च दाेब्बरले बढेकाे छ ।  

गत वर्ष ८ लाख एक हजार ३ सय ८६ रुपैयाँ रहेको सञ्चालक सम्बन्धी खर्च यस वर्ष बाह्र लाख रुपैयाँ वृद्धि गरेर २० लाख ६३ हजार ८ सय ९१ रूपैयाँ पुगेको छ। कम्पनीले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १३ हजार रुपैयाँ र अन्य सञ्चालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ दिँदै आइरहेको छ। साथै अध्यक्ष तथा सञ्चालकलाई पत्रपत्रिका, टेलिफोन, ईन्टरनेट आदि सेवाका लागि निमित्त प्रति सदस्य मासिक १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा बैठक भत्ता बापत ३५ लाख ७८ हजार रुपैयाँ वितरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृतलाई तलव भत्ता तथा अन्य सुविधा गरी २ करोड १४ लाख ६ हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, बैंकले अन्य प्रमुख व्यवस्थापकलाई ४ करोड ६१ लाख रुपैयाँ प्रदान गरेको छ ।  

समीक्षा वर्षमा २०७८ साल माघ ११ गतेसम्म बैंककाे प्रमुख कार्यकारी अधिकृतमा भुवन कुमार दाहाल थिए । माघ १२ गतेदेखि प्रमुख कार्यकारी अधिकृतकाे रूपमा निश्चल राज पाण्डे कार्यरत छन् । 

याे पनि हेर्नुहाेस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको