Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल रेमिट्यान्स सहज र छरितो बनाउन हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, १३ : ५६ मा प्रकाशित

डिजिटल रेमिट्यान्स सहज र छरितो बनाउन हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ।  

हाम्रो पात्रो भित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको हो। जस अनुसार लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ र सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वासका साथ यो सम्झौता गरिएको हो। हाम्रो पात्रो रेमिटको निमित्त सीइओ सुदिना गौतम र एनसीएचएलका सीइओ निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

यो अवसरमा हाम्रो पात्रो रेमिट सीइओ सुदिना गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनको लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताएका छन् ।  तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आइपियसको माध्यमबाट लाभार्थीको बैंक खातामा केहि घण्टाभित्र रकम जम्मा भैसक्नेछ । उनले थपे, "हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो।"

हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त रेमिटेन्स कम्पनी हो र यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्राईरहेको छ र छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुविधा सुरु गर्दैछ। रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ । जसअनुरूप प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको