Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से लगातार ओरालो, २५ अंकले घट्यो बजार

मंगलबार, २३ कार्तिक २०७३, १६ : ३३ मा प्रकाशित

नेप्से लगातार ओरालो, २५ अंकले घट्यो बजार


काठमाडौं ।  सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुदै गएको र व्याजदरमा बढ्ने संकेतसँगै बजार ओरालो लागेको हो । मंगलबार बजार २४.६३ अंकले ओरालो लागेको छ भने कारोबार रकम पनि घटेको छ ।  यसदिन बजारमा ७६ करोड ३७ लाख रुपैयाँको मात्र कारोबार भएको छ । बजारमा १३८ कम्पनीको सेयर किनबेच भएको छ ।

बजार यसदिन पनि राताम्मे भएको छ । यसदिन बैंक तथा वित्तिय संस्थाको सेयउर मुल्यमा भने उच्च गिरावट आएको छ । मंगलबार बिमा १३० अंकले, बैंकिङ २७ अंकले, होटल ४४, विकास बैंक १८, जलविद्युत ४७, फाइनान्स साढे चार, उत्पादनमूलक ३१ र अन्य समूह एक अंकले झरेको छ ।

यसदिन सवैभन्दा बढि भिवोर सोसाइटी डेभलपमेन्ट बैंकका सेयर लगानीकर्ताले कमाएका छन् । सो बैंकका लगानीकर्ताको सम्पत्ति यसदिन १० प्रतिशतले बढेको छ । त्यस्तै लक्ष्मी लघूवित्तका सेयरधनीहरुले पनि कमाएका छन् ।

सबैभन्दा वढि गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स, वुटवल पावर कम्पनी, ङादी ग्रुप पावर, रिडी हाइड्रोका लगानीकर्ता छन् ।  मुक्तिनाथ विकास बैंकको नौं करोड ८६ लाख सिभिल बैंकको पाँच करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको