सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस