Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ३० असोज २०७९, ०७ : ११ मा प्रकाशित

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । छिटो अवधिमा सबै बिक्रीन नभएपछि ढीला अवधिसम्म म्याद थपिएको थियो ।

म्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । 
 
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय  कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । सह-निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको