Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीले ५५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, डाक्यो साधारणसभा

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, ०७ : ४६ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीले ५५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, डाक्यो साधारणसभा

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समिती बैठकले चौथौ बार्षिक साधारणसभा असोज २८ गते दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेस बसुन्धरा काठमांडौमा दिनको १ बजेदेखि गर्ने निर्णय गरेको छ । 

सभाले हाल कायम चुक्ता पूँजी ३६ करोडको ५५.५५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको हाल कायम चुक्तापूँजीलाई बृद्धि गरी ७० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । 

साथै सभाबाट गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब माथि छलफल गरि पारित हुनुका साथै चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत तोकिने छ । 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न गत बर्ष फागुन २० गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले (इक्रा–आईआर) बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

632a70f6ccdb3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको