Like us!
Follow us!
Connect us!
Watch us!

५५ प्रतिशत हकप्रद निष्काशन गर्दै मुक्तिनाथ कृषि कम्पनी

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, ०८ : ०७ मा प्रकाशित

५५ प्रतिशत हकप्रद निष्काशन गर्दै मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज कार्तिक २५ गते देखि हकप्रद बिक्रि खुल्ला गरेको छ । कम्पनीको असोज २८ गते सम्पन्न चौथो बार्षिकसभाले पारित गरे बमोजिमको ५५ प्रतिशत हकप्रदको बिक्रि खुल्ला गरेको हो । 

आईपीओ निष्काशनको प्रक्रियमा रहेको कम्पनीले हाल कायम संस्थापक सेयरधनीहरुलाई १ः०.५५ को अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको उक्त हकप्रदमा मंशिर २९ गतेसम्म आवेदन दिन पाईनेछ । 

कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने प्रक्रिया अगाडी बढाएको छ । 

यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो ।  कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ । यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको