Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारकाे वृद्धि नेप्सेमा टिकेन, सेयर बजार पुन: ओरालो

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १५ : ०५ मा प्रकाशित

बुधबारकाे वृद्धि नेप्सेमा टिकेन, सेयर बजार पुन: ओरालो

एक सातापछि हिजाे सुधार देखिएकाे सेयर बजारमा आज (बिहीबार) फेरि गिरावट देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेकाे छ । नेप्से ०.५३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.४५ अंकले घटेर ३५९.४३ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीकाे २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ६५ करोड ५७ लाख ५ हजार एक सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे हाे ।

त्यसैगरी, बिहीबार पनि काराेबार रकममा नबिल बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे २ कराेड ५८ लाख ६८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ५ सय ३१ रूपैयाँ १० पैसा पुगेकाे छ । 

यस दिन १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.९३ प्रतिशतले घटेर ९ सय ८ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको