Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेलाई तथ्याङ्क बेच्ने बाटो खुल्यो !

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, ०६ : ४६ मा प्रकाशित

नेप्सेलाई तथ्याङ्क बेच्ने बाटो खुल्यो !

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई धितोपत्र कारोबार सम्बन्धी तथ्याङ्क बेच्ने अधिकार प्राप्त भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लाई स्विकृती प्रदान गरेसंगै अब नेप्सेले आफ्नो डाटा बेच्ने अधिकार प्राप्त गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लाई करिब २ बर्ष अघि नै नेप्सेको बोर्डले पारित गरेको थियो । अब बोर्डबाट अन्तिम स्किृती पाएको कार्यविधिलाई नेप्सेको बोर्ड बैठकले पारित गरेपछि तुरुन्तै कार्यन्यनमा जानेछ । 

उक्त कार्यविधि लागू भएसँगै अब नेप्सेको तथ्यांक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक आदीको प्रयोगको लागि, तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता आदीको व्यापारिक तथा पुनः प्रयोजनको लागि, संचार माध्यमहरुको समाचार निमार्ण तथा प्रदर्शन प्रयोजनको लागि, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग –विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरु र विदेशी कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनको लागि तथ्यांक उपलब्ध हुने कार्यविधिमा उल्लेख गरिएको छ । त्यसका लागि नेप्सेलाई प्रतिमहिना शुल्क तिर्नुपर्नेछ । नियामक वा अनुसन्धान निकायहरुबाट माग भई आएका तथ्यांक भने नि  शुल्क उपलब्ध गराइनेछ । संघसंस्था र सञ्चार माध्यम वा अन्य प्रयोजन अनुसार नेप्सेले छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ ।

यसैगरी, नेप्सेको तथ्यांक प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्रयोगको स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्छ । नेप्सेले न्युनतम मापदण्ड पुरा भए नभएको निरिक्षण गरेर मात्रै तथ्यांक उपलब्ध हुनेछ । यदि प्रयोगकर्ताले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाइएमा नेप्सेले तथ्यांक रोक्न पनि सक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको