Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी वृद्धिकाे योजनामा महालक्ष्मी विकास बैंक : सीईओ देवकाेटासँग कुराकानी

अर्थ संसार टक

आइतबार, ०९ असोज २०७९, १३ : ४० मा प्रकाशित

तुलनात्मक रूपले विकास बैंकहरू आजकाे अवस्थामा पनि सहज रूपमा रहेका डेभलपमेन्ट बैंकर्स एशाेसियसन अफ नेपालका सचिव एवमं महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बाेध राज देवकाेटाले बताउँछन् ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भने, "विकास बैंककाे मार्केट सेगमेन्ट अलिकति रिटेल सेगमेन्ट छ । धेरै ठूलाे कर्पाेरेट डिपाेजिटमा आधारित भन्दा पनि साना डिपाेजिटहरूमा नै आधारित भएकाे हुनाले अलिकति Flexibility, अलिकति Sustain हुने भएकाे हुनाले यस्ताे किसिमकाे अफ्ठ्याराे स्थितीमा समेत तुलनात्मक रूपले हामी समज रूपमा छाैँ ।"

ब्याजदर बढाएर मात्रै डिपाेजिट आउने अवस्था नरहेकाे उनी बताउँछन् । अहिले बृहत अर्थतन्त्रकाे हितलाइ र लगानीकर्ताकाे हितलाइ ध्यानमा राखेर ब्याजदर वृद्धिकाे निर्णय गरिएकाे उनकाे तर्क छ । उनले थपे, "अर्काे हिसावले दुइटै उपभाेक्ता छन् । एउटा वर्ग बैंकमा डिपाेजिट राखेर बढी भन्दा बढी रिटर्न लिन्छु भन्ने वर्ग छ भने अर्काे कम भन्दा कममा लाेन लिन पाउँ भन्ने वर्ग छ । डिपाेजिट नभइ त उपभाेग हुनै सक्दैन । त्यसैले सन्तुलन त हुनैपर्छ । तर आजकाे नेपालकाे सन्दर्भमा भन्ने हाे भने ब्याजदर वृद्धि गरेर डिपाेजिट बढ्छ भन्ने चाहीँ प्रमाणित हुन अहिले सकेन र सक्ने स्थिती पनि छैन । "

कुराकानी कै क्रममा आफूहरू पूँजी वृद्धिको योजनामा रहेको उनले बताए । उनले भने, "अहिले हामीसँग हकप्रदमा जाने अवसर छैन । अहिले हामीले हाम्राे पूँजीलाई सुदृढ गर्न राष्ट्र बैंकले दिएकै निर्देशन अनुरूप ॠणपत्र  निष्कासन गर्नेछौँ ।"

तरलता, विकास बैंकको अवस्था, ब्याजदर, बैंकको भावी योजना, अर्थतन्त्र यी र यस्तै विषयमा केन्द्रित रही महालक्ष्मी विकास बैंकका सीईओ देवकाेटासँग अर्थ संसार टकका लागि अर्थ संसारका प्रधान सम्पादक लिलानाथ घिमिरेद्वारा गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको