Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ वाणिज्य बैंकको सेयर कारोबार रोक्का

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १० : ०० मा प्रकाशित

नेप्सेमा थप २ वाणिज्य बैंकको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज मंगलबारदेखि थप २ वाणिज्य बैंकहरुको सेयर कारोबार रोक्का भएको छ ।

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बीच सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भए पछि दुबै बैंकहरुको दोस्रो बजार कारोबार रोक्का गरिएको हो । 

यी दुई बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।  मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने सहमति भएको छ ।

अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको