Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

अर्थ संसार

बुधबार, १२ असोज २०७९, २० : ०१ मा प्रकाशित

सिटिजन्स बैंकले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ ।

आज बुधबार बसेको संचालक समितिको बैठकले बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक महिना ४ गते अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ः०० बजेदेखि संचालन गर्ने निर्णय गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ९ प्रतिशतले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश र सभामा भाग हुन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको