Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले गर्याे लाभांश घाेषणा

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १२ : २३ मा प्रकाशित

कुमारी बैंकले गर्याे लाभांश घाेषणा

कुमारी बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे आज असोज १४ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बाेनस सेयर भने प्रस्ताव गरेकाे छैन ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) सँग मर्जरमा जान लागेका कारण हाल दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

633690aef083d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको