Like us!
Follow us!
Connect us!
Watch us!

सिटी र चेल्सीको सहज जित

अर्थ संसार

आइतबार, २३ असोज २०७९, ०८ : १२ मा प्रकाशित

सिटी र चेल्सीको सहज जित

साविक विजेता म्यानचेस्टर सिटी  र चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् । सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे ।

जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।  साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ । अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३-० ले हरायो । चेल्सीको जितमा  काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक एक गोल गरे ।

जितसँगै  ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ  छ ।उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ । राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १-० ले पराजित गर्‍यो । जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको