Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसकै नेता परे पनि कानुन बमोजिम अनुसन्धान हुनुपर्छ- गगन थापा

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, १५ : २८ मा प्रकाशित

कांग्रेसकै नेता परे पनि कानुन बमोजिम अनुसन्धान हुनुपर्छ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासन भनेको कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पारेका छन्। झापामा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने दृढता व्यक्त गरे। साथै, सभापति थापाले कांग्रेसले सधैं नागरिकका बलिया मुद्दाहरूलाई उठाइरहने बताए।

उनले भने, ‘सरकारले अनुसन्धान गरोस्। पुरानो सबै फाइल खोल्नुस्। सबै काण्डको खोल्नुस्। हाम्रो पार्टीको कोही नेता पर्छ, दोषी देखिन्छ भने कांग्रेसले चुइँक्क गर्दैन। कानुनको सीमाभित्र बसेर तपाईँले गर्नुपर्छ। विधिको सीमाभित्र बसेर गर्नुपर्छ। हामी अहिले भूमिहीन सुकुम्वासीको विषय उठाएका छौँ हाम्रो चासो भूमिहीन सुकुम्वासीको समस्याको समाधान गर्ने विषयको सन्दर्भमा संविधानले बोलेको छ, कानुनले बोलेको छ, सामाजिक न्यायको कुरा छ, यी कुराहरूलाई उल्लङ्घन गरेर सरकारले गर्न पाउँदैन भन्ने विषय हामी उठाउँछौ।’

उनले चिया किसानको समस्यादेखि हतार हतारमा सरकारले प्लस टु र एसइईको नतिजा ल्याउँदा देखिएको समस्याबारे पनि आफूले ध्यान दिएको बताए।

उनले भने, ‘सरकारले अहिले चाँडो परिणाम निकाल्छु भनेर वाहवाही बटुल्छु भनेर हतार गर्दै गर्दा एसएलसीमा पनि सयौँ केटाकेटीको बिजोग भयो, अहिले १२ कक्षामा पनि सयौँ–सयौँ केटाकेटीको बिजोग भयो, त्यसमध्ये मेरो छोरा पनि पर्‍यो भनेर आज एकजना आमाले भन्नुभयो। म काठमाडौं गएपछि यो खालको पीडामा परेकाको कुरा सुन्नुछ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको