Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक लघुवित्तको सेयर काराेबार राेक्का

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १० : ५६ मा प्रकाशित

नेप्सेमा थप एक लघुवित्तको सेयर काराेबार राेक्का

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक लघुवित्तकाे सेयर काराेबार राेक्का गरिएकाे छ । नेप्सेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का गरिएकाे हाे ।

चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्नको लागि यही असोज १४ गते शुक्रबार प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक समझदारी (MOU) पत्रमा हस्ताक्षर भएको थियाे ।

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार आज (असाेज २३ गते, आइतबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको