Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे नेप्से परिसूचक, काराेबारमा नबिल बैंककाे अग्रता

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १५ : ०६ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे नेप्से परिसूचक, काराेबारमा नबिल बैंककाे अग्रता

आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । काराेबार रकम पनि हिजाेकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेकाे छ । नेप्से ०.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ३६३.६३ विन्दुमा झरेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे १७ लाख ६७ हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा ५५ करोड २७ लाख १२ हजार ८ सय ८५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आज नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३ कराेड १० लाख ९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

मंगलबार २ वटा लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन विन्ध्याबासिनी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.१८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४१ रूपैयाँ ५० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको