Like us!
Follow us!
Connect us!
Watch us!

आईएमइ लाइफ इन्स्योरेन्सको साधारणसभा आज, १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने

अर्थ संसार

बुधबार, २६ असोज २०७९, ०६ : २० मा प्रकाशित

आईएमइ लाइफ इन्स्योरेन्सको साधारणसभा आज, १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने

आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज असोज २६ गते बुधबार लैनचौर ब्यान्क्वेट लैनचौर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले नियमनकारी निकाय बीमा समितिबाट २०७९ सालको चैत्र मसान्तभित्र कम्पनीको चुक्ता पूँजी पाँच अर्ब कायम गर्नुपर्ने निर्देशन भएको र सो निर्देशन बमोजिम संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनःथप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

कम्पनीले हालसम्म पनि सर्वसाधारणका लागि आईपिओ जारी गरिसकेको छैन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको