Like us!
Follow us!
Connect us!
Watch us!

आई.एम.ई लाइफ इन्स्योरेन्सको एकै दिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १२ : ५६ मा प्रकाशित

आई.एम.ई लाइफ इन्स्योरेन्सको एकै दिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता

बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफइन्स्योरेन्सले आइतबार सात वटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । 

आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो ।  बीमा कम्पनीले एकै दिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतः यो पहिलो पटक हो । 

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो । आई.एम.ई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको