Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफले डाक्यो साधारणसभा, १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १० : २१ मा प्रकाशित

आईएमई लाइफले डाक्यो साधारणसभा, १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव

आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चौँथो वार्षिक साधारण सभा  २६ गते बुधबार लैनचौर ब्यान्क्वेट लैनचौर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले नियमनकारी निकाय बीमा समितिबाट २०७९ सालको चैत्र मसान्तभित्र कम्पनीको चुक्ता पूँजी पाँच अर्ब कायम गर्नुपर्ने निर्देशन भएको र सो निर्देशन बमोजिम संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनःथप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७ ०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

कम्पनीले हालसम्म पनि सर्वसाधारणका लागि आईपिओ जारी गरिसकेको छैन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको