Like us!
Follow us!
Connect us!
Watch us!

आए.एम.ई लाईफले आईपीओ निष्काशन गर्ने, डाक्यो साधारणसभा

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, ०७ : २१ मा प्रकाशित

आए.एम.ई लाईफले आईपीओ निष्काशन गर्ने, डाक्यो साधारणसभा

आए.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख १४ बुधबार र्याडिसन होटल, लाजिम्पाट काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

त्यस्तै सभाले सर्वसाधारणका लागि छुट्ट्याएको साधारण सेयर जारी गर्ने र अन्य कुनै कम्पनीसंग मर्जर वा एक्विजीसन सम्बन्धी बिषेश प्रस्ताव समेत पारित गर्ने छ । 

कम्पनीको सूचना यस्तो छः

624cefdc355e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको