Like us!
Follow us!
Connect us!
Watch us!

सस्तिँदै सेयर भाउ : १६ कम्पनीकाे मूल्य २०० भन्दा कम

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, १५ : १७ मा प्रकाशित

सस्तिँदै सेयर भाउ : १६ कम्पनीकाे मूल्य २०० भन्दा कम

गत वर्ष करिव ३२०० को विन्दुमा पुगी नयाँ ईतिहास बनाएको नेपाली सेयर बजार घटेर यतिबेला १८०० को विन्दुमा झरिसकेको छ । यता दैनिक कारोबार रकम पनि २० अर्ब नाघ्ने गरेकोमा अहिले एक अर्ब पुग्न पनि हम्मेहम्मे छ । नियमनकारीहरू नै नियन्त्रणकारी बन्दै गएपछि प्रभावित हुन सुरू भएको सेयर बजार फेरि फर्केर त्यही विन्दुमा पुग्न सकेको छैन । नेपालमा सेयर बजारलाई आफ्नै रूपमा चल्न दिने भन्दा पर्नि हस्तक्षेप र चलखेल गर्ने प्रावधान बढी छ ।  जसले गर्दा लगानीकर्ताहरू मारमा पर्ने गर्दछन् । 

बढिरहेको सेयर बजार सर्वप्रथम गत वर्ष असार १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले एक विज्ञप्ति जारी गर्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गरेपछि घट्न सुरू भएको थियो । सेबोनले गत असार १ गते मंगलबार सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको थियो । त्यसको प्रभाव स्वरूप दोश्रो बजार घट्न सुरू भयो । त्यसपछि बजार थोरै सम्हालिँदै थियो फेरि मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ को क्याप लगाईदियो । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर कर्जामा ४/१२ को क्याप लगाएको थियो । ४/१२ काे क्यापकाे प्रहारमा परेकाे सेयर बजार अहिलेसम्म पनि राम्ररी तङ्ग्रिन सकेकाे छैन । 

यी त केही उदाहरण मात्र भए, बजार जति नै घटेर लगानीकर्ताहरूकाे सम्पत्ति जाेखिममा पर्दा पनि कुनै नियामक निकाय चुइक्क नबाेलेका तिताे सत्य त हामी सबैलाई अवगतै छ । नियमनकारी निकायले बेलाबेलामा अस्थिर नीति जारी गरिदिँदा त्यसकाे सिकार बन्छ सेयर बजार र जालमा पर्छ लगानीकर्ताकाे सम्पत्ति । हाम्रा विगतका ईतिहासले देखाउँछ नियमनकारी निकायले बजार नियन्त्रण गर्न खाेज्दा सेयर बजार कसरी प्रभावित भएकाे छ भनेर ।

एकातिर तरलताकाे अभाव र खस्किँदाे अर्थतन्त्र छ अनि अर्काेतिर बजारलाई नियन्त्रण गर्ने नियन्त्रणकारी । यी सबै कुराहरूले गर्दा बजारले सकारात्मक गति लिन सकेकाे छैन । 

हाल धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत कम्पनीहरूको सेयरमूल्य निकै तल झरिसकेको छ । पछिल्लो समय सेयर बजारको लगातारको गिरावटले सूचिकृत कम्पनीहरू मूल्य निकै सस्तिएको हाे । नेप्सेकाे पछिल्लाे तथ्यांक हेर्दा अहिले सूचिकृत १६ वटा कम्पनीकाे सेयरमूल्य २०० भन्दा तल झरिसकेकाे छ ।  

यी हुन् सेयर बजारमा प्रतिकित्ता २०० भन्दा कम मूल्य भएका १६ कम्पनी :
 

63492b0be8d93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको