Like us!
Follow us!
Connect us!
Watch us!

‘नेप्से पुरानो सरकारी अड्डा जस्तै भयो, बजारलाई चलायमान बनाउन नयाँ स्टक एक्सचेन्ज चाहिन्छ’

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, १५ : ३७ मा प्रकाशित

‘नेप्से पुरानो सरकारी अड्डा जस्तै भयो, बजारलाई चलायमान बनाउन नयाँ स्टक एक्सचेन्ज चाहिन्छ’

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष एवमं सेयर विश्लेषक छोटेलाल रौनियाले नेपालको पूँजी बजारलाई चलायमान बनाउनका लागि पनि नयाँ स्टक एक्सचेन्ज स्थापनाको आवश्यकता देखिएको बताएका छन् । 

‘अहिले पनि नेप्सेको काम गर्ने तौर तरिकाहरु हेर्दा नेपालको पुरानो सरकारी अड्डाहरु जस्तै देखिन्छ कुनै पनि एउटा काम गर्न महिनौँ लाग्छ अब बजार पहिले जस्तो छैन बजारमा धेरै नयाँ र स्मार्ट लगानीकर्ताहरुको समेत प्रवेश भइसकेको छ तर नेप्से त्यहि अनुसार परिमार्जन हुन सकेन’ उनले भने ‘अहिले केहि स्वार्थ समूहले नयाँ स्टक एक्सचेन्ज स्थापनको बिरोध पनि गरिरहेका छन् तर आम लगानीकर्ताहरु भने नयाँ स्टक एक्सचेन्जकै पक्षमा छन् ।’

धेरै वर्ष अघिदेखिनै नेप्सेको आईपीओ निष्कासनको विषय उठेपनि अहिलेसम्म पनि त्यसको कार्यान्यवन हुन नसकेको रौनियारको गुनासो छ । ‘हरेक वर्ष नेप्सेले आकर्षक लाभांश वितरण गरिरहेको छ तर त्यो लाभांशबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ किन अहिलेसम्म पनि नेप्सेको आईपीओ जारी हुन सकेन ?’ उनले प्रश्न गरे । 

‘नेपालमा मात्र दोस्रो स्टक एक्सचेन्ज खुल्न लागेको त पक्कै पनि होईन विश्वका धेरै देशहरुमा २ वटा स्टक एक्सचेन्जहरु छन्’ उनले भने ‘एउटा मात्र स्टक एक्सचेन्ज हुँदा उनिहरुको माेनोपोली बढी हुन्छ सेवाग्राहीले राम्रो सेवा पाँउदैनन् तर यहि दुई स्टक एक्सचेन्ज भएपनि उनीहरुमा प्रतिस्पर्धा हुने र सेवाग्राहीले राम्रो सेवा पाउने सम्भावना रहन्छ ।’ 

नयाँ स्टक एक्सचेन्जको स्थापना पछि पनि नेप्सेलाई थप परिमार्जित र परिष्कृत गर्दै लैजानुपर्ने उनको सुझाव छ । नयाँ स्टक एक्सचेन्ज नेप्सेलाई सिध्याउने नियतले भन्दा पनि दुवै स्टक एक्सचेन्जलाई सबल, बलियो र प्रतिष्प्रधी हुने हिसाबले आउनुपर्ने उनको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको