Like us!
Follow us!
Connect us!
Watch us!

आज सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, ०६ : १९ मा प्रकाशित

आज सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले सार्वजनिक विदा दिने भएपछि आज सेयर कारोबार समेत बन्द हुने छ । 

भोलि कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आईतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको