Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे नेप्से परिसूचक, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

अर्थ संसार

बुधबार, ०२ कार्तिक २०७९, १५ : ०३ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे नेप्से परिसूचक, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । लगातार बजार घट्न थालेपछि लगानीकर्ताहरू पनि निराश बनेका छन् । भाेलुम पनि ड्राइ बनेकाे अहिलेकाे अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थामा देखिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा झरेकाे छ । नेप्से ०.६९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६६ अंकले घटेर ३६२.९६ विन्दुमा झरेकाे छ ।

कूल २१६ वटा कम्पनीकाे  २१ लाख ५१ हजार ७ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार ९ सय ७५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र हाेटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

आज साेल्टी हाेटेलकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३ कराेड ७२ लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

मंगलबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन पिपुल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता २ सय १३ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको