Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंककाे साधारण सभा सम्पन्न, लाभांश पारित

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १४ : १७ मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे साेर्हाैँ वार्षिक साधारण सभा आज (कार्तिक ४ गते, शुक्रबार) अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएकाे छ । 

उक्त साधारण सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट बैंकका सेयरधनीहरूलाई कर समेत ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरेकाे छ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिएकाे छ ।

यसका साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र संशोधन गर्नेलगायतका प्रस्तावहरू पनि साधारण सभामार्फत् पारित गरिएकाे छ । साधारणसभामा एक दर्जन भन्दा धेरै सेयरधनीले बोलेका थिए । 

सभाका अध्यक्ष राजन सिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराएका थिए । संस्थागत सुशासन तथा अनुपालना (Corporate Governance and Compliance) को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी अध्यक्ष भण्डारीले गराएका थिए ।  यसका साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट अध्यक्ष भण्डारीले गरे । 

63526ffd3b672.jpg 63526ffdd97ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको