आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुलाएको हो ।
आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरुमध्ये ६५ भन्दा बढी व्यवसायहरु सफलतापूर्वक संचालनमा रहेका छन् ।
आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवर्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिँदै सोही विचारहरुलाई उत्कृष्ट बनाउन सर–सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप, रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउँदै आएको छ ।
हालसम्म आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।
कलेज आईडिया हन्ट २०२२ मा प्राप्त भएको विचारहरुमध्ये २० विचारहरुलाई १५ दिनको इन्क्युबेसन साथै मेन्टरशिप प्रधान गरिएको थियो छनौट भएका उक्त २० विचारलाई इन्क्युबेसन र मेन्टरशिप प्रकृया पछि डेमो पिचको माध्यमबाट १० उत्कृष्ट विचारलाई अन्तिम प्रकृयाको लागि छनौट गरिएको थियो । सोही दिन कलेज आईडिया हन्ट २०२२ मा प्राप्त उत्कृष्ट १० आइडियाहरु मध्ये उत्कृष्ट ४ विजेता छनोेट गरिएका थिए ती हुन् : बायो ग्रीन , वी फर नेचर, आहा बेङ्गलस् , मेहेनती डट कम कलेज आईडिया हन्टका सबै बिजेताहरुलाई रु. १ लाख नगत पुरस्कार प्रदान गरिएको थियो । कलेज आईडिया हन्ट २०२२ का सबै विजेताहरु आइडिया स्टुडियो सिजन ७ मा स्वतह प्रस्थान गराइने छन् ।
आइडिया स्टुडियो सिजन ७ मा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरूले पुष १७ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । आवेदकहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि https://ideastudio.org.np/ मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस