Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश घोषणा

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ०७ : २२ मा प्रकाशित

युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश घोषणा

युनाईटेड इदी मर्दि एण्ड आर बि हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो । 

कम्पनीको मंसिर ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि मंसिर २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १३ औँ साभारणसभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ मंसिर १५ गतेसम्म नेप्सेमा कारोृबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको