Like us!
Follow us!
Connect us!
Watch us!

हर्षल सहकारीले सुरू गर्याे काराेबार, कृषि क्षेत्रलाई विशेष जोड

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १४ : २० मा प्रकाशित

हर्षल सहकारीले सुरू गर्याे काराेबार, कृषि क्षेत्रलाई विशेष जोड

हर्षल बहुउद्देेश्यीय सहकारी संस्था लिमिटेडले आजबाट औपचारीक रूपमा काराेबार सुरू गरेकाे छ । आज एक कार्यक्रमकाबीच संस्थाको काराेबार सुरू गरिएको हो ।

सहकारी ऐन २०४८ को दफा ५ अन्तर्गत स्थापना गरिएको यस सहकारी संस्थाको प्रधान कार्यालय सुविधानगर, तीनकुने, काठमाडौँमा अवस्थित छ । नेपालमा कृषिको आधुनिकीकरण तथा देशको वित्तिय विकासमा टेवा पुर्याउने उद्देश्य लिई यो संस्थाको स्थापना यही भदौ ५ गते गरिएको थियो । 

संस्थाले नेपालमा आधुनिक ढङ्गले कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारसँग आवद्ध गरी कृषिको व्यवसायिक विकास तथा वित्त विकास गर्नेछ । संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय संरचनालाई स्वस्थ, सबल तथा जनताबाट संकलित निक्षेप सही ठाउँमा लगानी गरी देश र जनताको आर्थिक स्तर उकास्नु रहेको छ । 

63871af257f87.jpg 63871af62b45a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको