Like us!
Follow us!
Connect us!
Watch us!

सत्तारूढ गठबन्धनको बैठक आज, निर्वाचनको समीक्षा र सरकार गठन बारे छलफल हुने

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, ०७ : ५८ मा प्रकाशित

सत्तारूढ गठबन्धनको बैठक आज, निर्वाचनको समीक्षा र सरकार गठन बारे छलफल हुने

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए।

बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले दस स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा जितेको छ। बैठकको समयका बारेमा भने केही बताइएको छैन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको