Like us!
Follow us!
Connect us!
Watch us!

शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

पत्रपत्रिका

विहीबार, ०९ चैत्र २०७९, ०६ : ४१ मा प्रकाशित

शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति र पर्यटन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयमा दलहरूको नजर गडेको छ ।

वर्तमान आठ दलीय सत्ता गठबन्धनमा २ दल थपिएर १० दलीय बन्न पुगेको गठबन्धनका अधिकांश दलहरूले महत्वपूर्ण मन्त्रालय रोज्न थालेपछि मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने देखिएको छ ।

संयुक्त सरकार भएकाले गठबन्धनमा सामेल दलहरूबीच शक्ति वितरणमा सहमति जुटाउन केही समय लाग्नसक्ने जिकिर गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का एक नेताले भने– ‘प्रधानमन्त्री एक्लैले चाहेर मात्रै हुँदैन । गठबन्धनमा धेरै दलहरू समावेश भएकाले सबैका राय सल्लाहअनुसार निर्णय लिनुपर्ने हुन्छ ।’

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गृह वा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूति मन्त्रालय लिने विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । यद्यपि, गठबन्धन दलहरूबीच छलफल जारी रहेकाले केही दिनमा निर्णयमा पुग्ने उनले बताए ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको दाबी गरेको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गृहसहित उपप्रधानमन्त्रीमा आफ्नो दलको दाबी कायमै रहेको दोहो¥याए ।

सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका नेताहरूले समेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई गृहमन्त्रालय आफैँले राख्नुपर्ने सुझाव दिने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठ उक्त मन्त्रालय नछाड्ने पक्षमा छन् ।

उता जसपाका अध्यक्ष उपेन्द्र यादव सम्भव भएसम्म सांसद भएर उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा आउने योजनामा हुनुहुन्छ । जसपाले बारा २ का सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएपछि उक्त निर्वाचन क्षेत्रमा उपेन्द्र आफैं उम्मेदवार हुने तयारीमा लागेका छन्  । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको