Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला अर्थमन्त्री ?

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ०७ : २६ मा प्रकाशित

को बन्ला अर्थमन्त्री ?

राष्ट्रपति निर्वाचनमा दलहरुको गठबन्ध परिवर्तन भएसंगै अब सरकार समिकरण पनि परिवर्तन हुने निष्चित जस्तै देखिएको छ । वर्तमान सत्ता गठबन्धनको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको छ ।

त्यस्तै अहिलेको सरकारको प्रमुख दल नेकपा एमाले पनि राष्ट्रपति निर्वाचन लगत्तै सरकारबाट बाहिरिने तयारीमा छ । राष्ट्रपति निर्वाचनसम्म राजनितीक कोर्षमा केहि परिवर्तनको अपेक्षा सहित एमालेले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छैन । 

तर शुक्रबार राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ ८ दलिय गठबन्धनको बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ बनेका गठबन्धनका सबै दलहरुलाई सरकारमा सहभागि हुन आग्रह गरेका छन् । 

यो बिचमा कुनै राजनितिक कोर्ष परिवर्तन नभएमा राष्ट्रपति निर्वाचनपछि कांग्रेस माओवादी सहितका ८ दलको सरकार बन्ने प्राय निष्चित जस्तै देखिन्छ । सरकारको नेतृत्व प्रचण्डले गर्नेछन् भने अन्य दलहरुका बिचमा शक्तिको बाँडफाँड हुन बाँकि नै छ । 

अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका एमालेका बिष्णु पौडेल सरकारबाट बाहिरिएपछि यसको नेतृत्व कसले गर्छ भन्ने बिषय अहिले आम चासोको बिषय बनिरहेको छ । नयाँ गठबन्धन दलहरुका बिचमा शक्ति बाँडफाँडको बिषय टुंगि नसकेकाले अहिलनै अर्थमन्त्रालयको नेतृत्व कसले सम्हाल्छ भनेर यकिन साथ भन्न सकिने अवस्था देखिँदैन । 

तरपनि अर्थमन्त्रालय माओवादी वा कांग्रेस मध्य एकदलले पाँउने छन् । यदि अर्थमन्त्रालय नेपाली कांग्रेसको भागमा परेमा अर्थमन्त्रालयको जिम्मेवारी सहित कांग्रेसको नेतृत्व उपसभापति पुुर्ण बहादुर खड्काले गर्न सक्ने बताइन्छ । 

‘पुर्णदाई अहिले कांग्रेसको नेतृत्व गरेर सरकारमा सहभागि हुने संभावना बलियो छ अहिलेको नयाँ गठबन्धनको निर्माण हुनुमा वहाँको भुमिका एकदमै महत्वपुर्ण छ त्यसैले शेरबहादुर दाई र प्रधानमन्त्री पनि वहाँले चाहेको मन्त्रालय सहित वहाँलाई सरकारमा सहभागि गराउन तयार हुनुहुन्छ, पहिले नै गृहमन्त्रालय पनि सम्हाली सक्नु भएको छ त्यसैले यो पटक वहाँको झुकाव अर्थमा बढि देखिन्छ’ स्रोतले भन्यो । 

अर्को तर्फ कांग्रेस भित्र अहिले अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेकाले अर्थमन्त्रालयमा अर्थतन्त्र राम्रोसंग बुझेको र देशलाई अहिलेको संकटबाट पार लगाउनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउनु पर्ने आवाज पनि उठिरहेको छ प्रधानमन्त्री प्रचण्ड पनि अर्थमन्त्रालयमा अर्थतन्त्र बुझेको व्यक्ति आवस भन्ने चाहान्छन् ।

नेपाली कांग्रेस भित्र अहिले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्ने आवाज पनि उठिरहेको छ । अहिलेको अवस्थामा देशको अर्थतन्त्रलाई पार लगाउन सक्ने क्षमता उनमा रहेको भन्दै उनलाई अर्थमन्त्री बनाउनु पर्ने आवाज उठिरहेको हो । ६ महिनामा सम्म गैर सांसदलाई पनि मन्त्री बनाउन सकिने र यो बिचमा उनलाई राष्ट्रियसभा वा उपनिर्वाचन मार्फत संसदमा ल्याउन सकिने उनिहरुको तर्क छ । 

यो पटकको गठबन्धन निर्माणमा कांग्रेस महामन्त्री गगन थापा समेत सक्रिय रुपमा सहभागि भएकाले सरकारको शक्ति बाँडबाँडमा उनको समेत महत्वपुर्ण भुमिका हुनसक्ने अनुमान गरिएको छ । यदि यसो भएमा अर्थमा वाग्लेको इन्ट्रीको संभावना बलियो हुनसक्ने स्रोतको दावी छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको