Like us!
Follow us!
Connect us!
Watch us!

अहिले ठुला लगानीकर्ता ,बैंक, वित्तीय संस्था र म्युचुअल फण्डको खुट्टामा लगाएको साङ्लो फुकाइ दिनुपर्यो

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, २१ : ४२ मा प्रकाशित

अहिले ठुला लगानीकर्ता ,बैंक, वित्तीय संस्था र म्युचुअल फण्डको खुट्टामा लगाएको साङ्लो फुकाइ दिनुपर्यो

धेरै सेयर लगानीकर्ताले अहिलेको बजारको अवस्थाको जिज्ञासा बारे सेयर विश्लेषक विष्णु सुवेदीले आफ्नो सामाजिक संजाल मार्फत आफ्नो विश्लेषण राखेका छन्। उक्त विश्लेषण जस्ताको तेस्तै :


# धेरै साथीहरूको जिज्ञासा् छ के बुल सुरु भएको हो ?

उत्तर:-होइन !

# उसो भए बजार १८०० तल जान्छ त ?

उत्तर :- त्यो पनि होइन (८०% यहि नै बटम हो २०% त स्टक मार्केट हो यहाँ जे पनि सम्भव छ !

# उसो भए बजारमा के हुन्छ त अब ?

उत्तर:-बिगत ६ महिना देखि जे भैरहेको छ त्येही हुने हो !

# उसो भए अहिले लगानी नै नगर्ने त ?

उत्तर:- गर्ने !

# कस्तो स्टक/सेक्टर/कम्पनीमा गर्ने त ?

उत्तर:-जुन स्टकको बुक भ्याल्यु राम्रो छ जस्को डिभिडिएन हिस्ट्री राम्रो छ जुन स्टक अन्डर भ्याल्यु छ जस्ले राम्रो लाभांश घोषणा गरेका छन् (नगद/बोनस) तेस्ता स्टकमा मात्रै लगानी गर्ने !

# कुन स्टकमा लगानी नगर्ने त ?

उत्तर:- जस्ले डिभिडिएन दिनैन/सक्दैन जुन स्टक/सेक्टर अहिले पनि ओभर भ्याल्युड छ जुन ट्रेडिङ्ग स्टक मात्रै हुन् ! ती स्टक अहिलेको साइड्वेज मार्केटमा चल्दैनन् तिन्मा लगानी गरेर न लाभांश पाइन्छ न क्यापिटल गेनको सम्भावना छ ती स्टकमा पैसा कमाउने भनेको बुल मार्केटमा मात्रै हो !

# मार्केट बुलिस हुन के हुनु पर्यो त ?

उत्तर:-तरलताको अवस्था सहज हुँदै जानू पर्यो ब्याजदर घट्नु पर्यो !

# मार्केट बुल नै हुन के हुनु पर्यो त ?

उत्तर:- अहिले ठुला लगानी कर्ता र बैंक/बित्तीय संस्था/म्युचुअल फन्ड लगायतको खुट्टामा लगाएको साङ्लो फुखाइ दिनु पर्यो !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको