Like us!
Follow us!
Connect us!
Watch us!

बजार घटेर तनाबमा हुनुहुन्छ? तनाब लिनु पर्दैन,थप लगानी गर्ने पैसा छैन भने पनि यसो गर्न सक्नुहुनेछ

बिष्णु सुवेदी

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, २१ : २५ मा प्रकाशित

बजार घटेर तनाबमा हुनुहुन्छ? तनाब लिनु पर्दैन,थप लगानी गर्ने पैसा छैन भने पनि यसो गर्न सक्नुहुनेछ

बजार विश्लेषक बिष्णु सुवेदीको विचार जस्ताको तस्तै 

बजार घटेर तनावमा हुनुहुन्छ ? तनाव लिनु पर्दैन,तपाई सँग थप लगानी गर्ने पैसा छैन भने पनि यसो गर्न सक्नुहुनेछ!

नेटवर्थ माइनसमा भएका हाइड्रो,फाइनान्स,बिकास बैंक जति पनि तपाई लाई लाभांश नदिने/भविष्यमा पनि दिन नसक्ने कम्पनीका सेयरहरु सबै बेच्दिनुस् र त्यो पैसाले घटेको बेलामा नेटवर्थ कै वरिपरि आएका कमर्सियल बैंकको सेयर किनेर छोडिदिनुस् !

तेसो गर्न पनि मन लागेन भने हाइड्रोको सेयर भए हाइड्रो कै नेटवर्थ + मा भएका थोरै भए पनि लाभांश दिन सक्ने कम्पनी तिर सिफ्ट हुनु होस् फाइनान्स,बिकास बैंक मा यहि गर्न सकिन्छ!

अहिलेसम्म बजारमा त्यो मौका अझै जिवितै छ भोलि त्यो अबसर पनि गुम्न सक्छ ! किनकि घट्दो बजारमै पनि फन्डामेन्टल कम्पनीहरुको मुल्य बढिरहेको हुनसक्छ र बढ्दो बजारमा पनि झन्डिमारको मुल्य घटिरहेको हुनसक्छ !

इन्डेक्स हेरेर होइन आफुले लगानी गर्दै गरेको कम्पनीले के गरिरहेकोछ त्यसको कार्य प्रगति हेरेर लगानी गर्नुस्, तपाईले जित्नु हुनेछ !

पत्यार नलागे एक बर्ष अघिको scb sbi ebl chcl shpc nlic shivm shl ohl trh हरुको बजार मुल्य र हालको बजार मुल्य लाई तुलना गर्नुस् अन्ततोगत्वा जित्ने कछुवै ले हो!

नोट:-माथि दिइएको कम्पनीहरु उदाहरण मात्रै हुन् बजारमा कैयौं यस्ता कम्पनीहरु हुन सक्छन् खोजी खोजि लगानी गरौं !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको