Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले सुधारियो बजार

विहीबार, २५ कार्तिक २०७३, १५ : ४२ मा प्रकाशित

झिनो अंकले सुधारियो बजार

अर्थ संसार
काठमाडौ– लगातार घट्दै आएको नेप्से सूचकांक साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले सुधार देखिएको छ । बजार ० दशमलव ३१ अंकले बढेको हो ।  यस दिन १ सय २९ कम्पनीको कारोबार भएको छ । यस दिन ७० करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन बाणिज्य बैंक, अन्य र होटल समूह केही बढेका छन् भने बिमा, फाइनान्स, जलविद्युत र विकास बैंक सुचक घटेका छन्। अन्य समूह साढे आठ, होटल ३१ र वाणिज्य बैंक समूह २.२२ अंकले बढेको छ। यस दिन सबैभन्दा बढी  बैंक अफ काठमाण्डू लुम्बिनीको चार करोड ३१ ला खरुपैयाँको किनबेच भएको छ। यस्तै सिभिल बैकको चार करोड १२ लाख र एभरेष्ट बैंकको तीन करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको