Like us!
Follow us!
Connect us!
Watch us!

१० आर्थिक खबर (भिडियो)

अर्थ संसार

शनिबार, ०२ पुस २०७९, ०८ : ५१ मा प्रकाशित

१. शुक्रबार एकैदिन आधा दर्जन कम्पनीले लाभांश घाेषणा गरेका छन् । २ वटा वाणिज्य बैंक, २ वटा हाइड्राेपावर, एउटा फाइनान्स कम्पनी र एउटा इन्स्याेरेन्स गरी कुल ६ वटा कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूलाइ वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् । जस अनुसार प्राईम कमर्सियल बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत, बिन्ध्यबासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सले २.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.२० प्रतिशत नगद लाभांश गरी कुल ७.६० प्रतिशत, शिखर इन्स्योरेन्सले १६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत, नेपाल बैंकले २ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरले चुक्ता पूँजीकाे करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

२. बाराही हाइड्रोपावर कम्पनी लिमिटेकाे (आईपीओ) काे बाँडफाँड पाैष ३ गते आइताबार निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १० बजे गरिने भएकाे छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् ।   माग भन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

३. एनएमबि बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २७ औँ वार्षिक साधारण सभा पुस २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमांडौमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ८.२५ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. माछापुच्छ्रे बैंक लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । बैंककाे शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । बैंकले गत आर्थिक वर्षकाे सम्पूर्ण वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेकाे छ ।

५. नेपाल इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको ७४ औँ वार्षिक साधारण सभा पुस २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद लाभांश गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. आजदेखि प्रदूषण जाँचपास नभएका गाडी चलाए एक लाख जरिवाना लाग्ने भएकाे छ । वन तथा वातावरण विभागले आजदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको हाे । विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो ।

७. सयपत्री हाईड्रोपावरले कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे साधारण सभा पुस २३ गते सुर्य क्याटरिङ एण्ड पार्टी प्यालेस, धुम्बाराही काठमाडौँमा बिहान ८ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । 

८.  नेपाल बीमा प्राधिकरणले गुनासो सुन्ने अधिकारी तोकेको छ । प्राधिकरणको मङ्सिर २८ गतेको बैठकले प्राधिकरणमा  उप निर्देशक रहेका विरोध भट्टलाई गुनासो सुन्ने अधिकारी तोकेको हो । भट्टको अनुपस्थितिमा उक्त कार्य गर्न सहायक निर्देशक रन्जिता के.सी.लाई तोकिएको प्राधिकरणले जनाएको छ ।

९. बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेड साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको छैठौ बार्षिक साधारण सभा पुस २२ गते कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाम  गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाइ ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय समेत गरेको छ त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

१०. सुनको भाउ घटेर १ लाख भन्दा तल झरेकाे छ । शुक्रबार सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले घटेर प्रतिताेला ९९ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको