Like us!
Follow us!
Connect us!
Watch us!

बलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, १७ : ३७ मा प्रकाशित

बलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

वलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता  ओवरायले  आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।  

परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदिदेखि साराङ्कोटसम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।  अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए । 

 करिब एक वर्ष अघि पोखराको सेदि देखि साराङ्कोट सम्म सञ्चालनमा आएको अन्नपूर्ण केबरलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तब्य बनेको छ । केबुलकार विहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुदाँ साराङ्कोट बाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको