Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार दिनभरका आर्थिक समाचार (भिडियो )

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, २२ : ४२ मा प्रकाशित

आज (मंगलबार) दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. हिमालयन बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

२. सिभिल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

३. मंगलबार नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेकाे छ । नेप्से ०.७६ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.६८ अंकले बढेर ३६६.६५ विन्दुमा पुगेको छ । कूल २५७ वटा कम्पनीकाे ३० लाख २२ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड ८ लाख ३९ हजार ९ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

४. पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश गरि ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

५. हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २६ गते, मंगलबार, अर्पण ब्याङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत  बोनस सेयर र कर प्रयोजनाका लागि ०.२६३ नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ७ गतेबाट एकिकृत काराेबार सुरु गर्ने भएका छन् । पौष ७ गतेदेखि 'सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड' को नामबाट जीवन बीमा व्यवसायको एकिकृत कारोबार सुरु गरिने भएकाे हाे ।

७.  लुम्बिनी विकास बैंकले वार्षिक साधारण सभा अाह्वान गरेकाे छ । बैंकको साधारण सभा पुस २६ गते अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकका सेयरधनीहरुलाई ३% बोनस सेयर र कर सहित ९% नगद लाभांश गरी जम्मा १२% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

८. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण आर्थिक क्रियाकलाप ठप्प भएको बताएका छन् । नेकपा एमालेले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले आर्थिक क्रियाकलाप ठप्प हुनु चिन्ताको विषय भएको बताए । बजारमा पैसाको कारोबार घटेको र बैंकको ब्याज बढेको प्रष्ट पार्दै उनले भर्खरै बामे सर्दै गरेको, भित्तो समाउँदै माथी उठन थालेको अर्थतन्त्रलाई १६ महिनाको अवधिमा धरासायी बनाउने काम भएको बताए ।

९. यूनाइटेड इन्स्योरेन्सले साधारण सभा आवहान गरेको छ।  कम्पनीकाे २९ औं वार्षिक साधारण सभा पौष २७ गते, बुधबार अनमोल ब्याङ्गकेट, शंखमुलमा  बिहान ११:०० बजेबाट सुरू हुनेछ । सभाले कम्पनीका सेयरधनीहरूलाइ ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभामा उपस्थिति र लाभांसको प्रयोजनका लागि पौष १७ गते एक दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द गर्नेछ । त्यसैले पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१०. मंगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ४ सय रुपैयाँ कायम भएकाे छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको