Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ४ वटा सूचिकृत कम्पनीको लाभांश घाेषणा (भिडियो)

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, २२ : ४७ मा प्रकाशित

१. एनआईसी एशिया बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ। बैंकको पुस ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

२. बिहीबार एकैदिन थप ४ वटा सूचिकृत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेका छन् । सगरमाथा इन्स्योरेन्सले १२.५० प्रतिशतका बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद, मेरो माइक्रोफाइनान्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३७ प्रतशित नगद लाभांश र सेन्ट्रल फाइनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

३. आज (बुधबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुगेकाे छ । नेप्से ०.३१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.३१ अंकले घटेर ३ सय ६५ रूपैयाँ ३४ पैसामा झरेकाे छ । कूल २५२ वटा कम्पनीकाे २४ लाख ४० हजार ३ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ८६ करोड ३८ लाख १६ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्गबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

४. शुभम पावर कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता सेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म पाैष २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

५. नबिल बैंक लिमिटेडकाे ३८ औँ वार्षिक साधारण सभा पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ११.५० प्रतिशत नगद  गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। अर्थात  पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

६. एलन मस्कले ट्वीटरको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त जानकारी दिएका हुन्। उनी आफैले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि, नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए। साे पोलमा  ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

७. सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंककाे २१ औँ वार्षिक साधारण सभा पुस २८ गते, बिहीबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

८. मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे १७औँ वार्षिक साधारण सभा पाैष २७ गते, बुधबार सुनसरी उद्याेग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ  । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बाेनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. बुधबार एकैदिन सुनकाे मूल्य ताेलामा ८ सय रूपैयाँले बढेर प्रतिताेला १ लाख १२ सय रुपैयाँ कायम भएको छ । आज चाँदीकाे मूल्य पनि ताेलामा २५ रुपैयाँले बढेर प्रतिताेला १४ सय रुपैयाँ पुगेकाे छ ।

१०.  काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ । धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाइएको हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको