Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ

आइतबार, ११ भदौ २०७४, १६ : २६ मा प्रकाशित

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ

अर्थ संसार, मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

विसं २०६५ साउन २२ गते विशेष अदालतले एक वर्ष छ महिना कैद र रु छ लाख ८१ हजार ६८३ जरिवानासहितको सजाय सुनाएको थियो । पछिल्लो समयमा फरार एक दर्जनभन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरिएको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको