Like us!
Follow us!
Connect us!
Watch us!

साधारणसभामा सेयरधनीको लागि यस्ता प्रस्ताव लिएर आए कम्पनीहरु (भिडियो)

अर्थ संसार

आइतबार, १० पुस २०७९, २० : ५५ मा प्रकाशित

१. सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, पाेखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ  । सभामा संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १९ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० कराेड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

३. मुक्तिनाथ विकास बैंक लिमिटेडकाे १६औँ वार्षिक साधारण सभा पुस ३० गते होटल पोखरा ग्राण्ड पोखरा, कास्कीमा बिहान १० बजेदेखि सुरू हुने भएकाे छ । सभामा १३ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

४. ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा १०.६ प्रतिशत नगद लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

५. साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे छैटाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार हाेटल गाेरखा बिसाैनी, गाेरखाबाट बिहान ११:३० बजेदेखि सुरु हुनेछ  । सभामा संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २० गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

६. भन्सार घोषणा नभएका मोबाइल अब नचल्ने भएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ। प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ। 

७. फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार, दिनेश चाैधरी स्मृति प्रतिष्ठानकाे सभाहल, दुहवी, सुनसरीमा दिउँसाे १ बजेदेखि सुरु हुने भएकाे छ  । सभामा संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

८.  सिटिजन्स बैंकले १३ हजार ६ सय ३० दशमलव ३१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । उक्त सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

९. अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश बिना नै साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे सभा पुस ३० गते युनाइटेड वर्ड ट्रेड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वरमा हुनेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले  पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस २१ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन सक्नेछन् ।

१०. सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ भने स्थिर रही प्रतिताेला १३ सय ९० रुपैयाँमा नै काराेबार भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको