हमदर्द लेवोरेटिज इन्डियाकाे ‘हमदर्द ब्राण्ड’ का उत्पादन अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता ‘लाइफ केयर डिस्टिबुटर’ र ‘प्लेनेट हेल्थ केयर’ले नेपाली बजारमा हमदर्दका उत्पादन बिक्री वितरण गर्नेछन् ।
हमदर्द ब्राण्ड अन्तर्गत ‘रोघन बादाम स्रिन’, ‘कलोन्जी ओइल’, प्याजको बीउबाट तयार ‘ओनियन ओइल’ , कपाललाई लामो समयसम्म कालो बनाई राख्ने ‘रोघन आम्ला सधा’ गुलाबको फूलबाट बनेको शुद्ध गुलाब पानी ‘अक्र्यू ग्लब’ र प्राकृतिक पीडा राहत तेल ‘लिक्युर्ब’ लगायतका उत्पादन अब नेपालमा पनि खरिद विक्री गर्न सकिने अधिकारिक विक्रेताले जनाएका छन् ।
काठमाडौं गैह्रिधारास्थित ‘एलिश रिसेप्सन’मा आयोजित समारोहकाबीच कम्पनीका ‘ग्लोवल विजनेश हेड’ पंकज बेनर्जीले प्रख्यात ‘युनानी’ पद्धतिमा आफ्नो ‘आइएसओ’ २२०००, एचएसीसीपी’ र ‘जीएमपी सर्टिफइड हमदर्द युनानी ब्राण्ड’ विश्वकै उत्कृष्ट ब्राण्डको रुपमा स्थापित रहेको दाबी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस