Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ४४ अर्बमाथि, कुन कम्पनीको कति ?

अर्थ संसार

विहीबार, ११ असार २०८३, १२ : ०९ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ४४ अर्बमाथि, कुन कम्पनीको कति ?

निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ४४ अर्ब माथिको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा निर्जीवन बीमा बम्पनीहरुले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको कुल बीमा व्यवसाय गरेका हुन् । 

यो अवधिमा कुल २६ लाख ५१ हजार १० वटा बीमा लोख मार्फत उक्त रकमको बीमा व्यवसाय गर्न कम्पनीहरु सफल भएको देखिएको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक व्यवसाय गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको । त्यस्तै यो अवधिमा दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योेरेन्स रहेको छ । यो कम्पनीले यस अवधिमा ४ अर्ब ७७ करोडको बीमा व्यवसाय गर्न सफल भएको छ ।

तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । त्यस्तै यो अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ९७ करोड, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ८० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ । 

त्यस्तै यो अवधिमा नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सानिमा जिआईसीले २ अर्ब ५५ करोड, सिद्धार्थ इन्स्योरेन्सले ३ अर्ब ९२ करोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ९१ करोड र युनाइटेड अजोडले यो अवधिमा २ अर्ब ७६ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको