Like us!
Follow us!
Connect us!
Watch us!

उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ– कार्यकारी निर्देशक घिसिङ

मंगलबार, १३ भदौ २०७४, १४ : २७ मा प्रकाशित

उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ– कार्यकारी निर्देशक घिसिङ

अर्थ संसार, काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तर रुपमा अगाडि बढीरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेको भन्दै कार्यकारी निर्देशक घिसिङले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभएको छ ।

ऊर्जा मन्त्री शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको भन्दै उहाँले  विद्यमान ऊर्जा संकट समाधान गरी उज्यालो नेपालनिर्माण गर्ने,निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिव्र्रता दिने कार्य निरन्तर जारी रहेको बताउनुभयो ।

प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको स्पष्ट पार्दै गलत हल्ला र प्रचारको पछाडि नलाग्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।

उहाँले आग्रह गर्दै भन्नुभएको छ ‘ऊर्जा मन्त्री, उर्जा सचिवलगायत उर्जा मन्त्रालय तथा प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको व्यहोरा समेत जानकारी गराउँदछु’ ।

दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षकोे सहयोगका लागि उहाँले अनुरोध समेत गर्नु गर्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको