Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार १० % सर्किट लाग्ने यी हुन ४ कम्पनी

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १५ : २० मा प्रकाशित

सोमबार १० % सर्किट लाग्ने यी हुन ४ कम्पनी


 

नयाँ सरकार गठन त्यसपछि पनि चर्चित अर्थमन्त्री विष्णु पौडेलको इन्ट्री पछि सुस्त भएको सेयर बजार जुरुमुराएको छ भने कमजोर मनोविज्ञान बोकेका लगानीकर्ता पनि उत्साहित हुदै बजार प्रवेश गरेका छन्। यसकै निरन्तरता अनुसार आज सोमबार सेयर बजारको माहोल निरन्तर सकारात्मक नै देखिएको छ । लगानीकर्तामा विगतमा देखियो कमजोर मनोविज्ञान घट्दै गएको देखिन्छ।  जसको कारण पनि आज यो साताको दोस्रो कारोबार दिन आज ९सोमबार० नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि २ अर्ब नाघेको छ । सोमबार नेप्सेमा कारोबार भएका २११ मध्य १६५ कम्पनीको मूल्य बढेको छ। त्यसमध्य पनि ४ कम्पनीले सकारात्मक सर्किट नै लगाएका छन्। सोमबार सबैभन्दा धेरै यी कम्पनीका लगानीकर्ताको पोर्टफोलियो बढेको छ :​
१.धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड (DBLS)
आजको कारोबार अन्त मुल्य -१२६५.२० 
बढेको मूल्य- ११५ 
बढेको प्रतिशत - १०%

२.श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLB)
आजको कारोबार अन्त मुल्य -२१३५.७० 
बढेको मूल्य- १९४.१० 
बढेको प्रतिशत - १०%

३.खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBS)
आजको कारोबार अन्त मुल्य -१०५५.७० 
बढेको मूल्य-९५.९० 
बढेको प्रतिशत - ९.९९%

४.अजोड इन्स्योरेन्स लिमिटेड (AIL)
आजको कारोबार अन्त मुल्य -५१२.५० 
बढेको मूल्य-४६.५०
बढेको प्रतिशत - ९.९८ %

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको